कोरोना संक्रमित परिवारलाई व्यवसायी सापकोटाको खाद्यान्न सहयोग

हेटौंडा खबर
May 19th, 2021

एकै परिवारका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको साथै आर्थिक अवस्था कमजोर भएको एक परिवारलाई सहयोग गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका ५ अवलडाडा स्थित संक्रमित परिवारलाई समाजसेवी एवम युबा व्यवसायी योग्यराज सापकोटाले खाद्यान्न सहयोग गरेका हुन् ।

आर्थिक अवस्था कमजोर रहेकाले खानको लागि समस्या भैरहेका बेला परिवारका चार सदस्यलाई कोरना सक्रमण पुष्टि भएपछी थप समस्या उत्पन्न भएको खबर थाहा पाएपछी व्यवसायी सापकोटा, तरुण दल हेटौंडा नगर सभापती सुनिल गिरि र पत्रकार रमेश बन्जाराले घरमै पुगेर खाद्यान्न सहयोग गरेका हुन् ।

सक्रमण भए पछि दैनिक गुजरा चलाउन समस्या परेका बेला सहयोग पाउदा संक्रमित परिवारले खुसी व्यक्त गर्नुका साथै सहयोगीहरुलाई धन्यवाद दिए ।

युबा व्यवसायी सापकोटाले अन्य कोहीपनि व्यक्तिलाई यस्तै समस्या परेको छ भने आफु सहयोग गर्न तयार रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*