कांग्रेस मकवानपुर : रन्जन कालाखेती नेतृत्वको टिम घोषणा

हेटौंडा खबर
November 18th, 2021

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भोलि शुक्रवार ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ। मकवानपुरमा पनि भोलि हुने निर्वाचनका लागि उम्मेदवारहरुले आ-आफ्नो प्यानल सार्वजनिक गरेका छन्  ।

भोलि हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा युवा नेता रन्जन कालाखेतीको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरी कालाखेतीकोे नेतृत्वमा टिम घोषणा गरिएको हो । उनको नेतृत्वमा उपसभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ रहेका छन् ।

त्यसैगरी सचिव पदमा कृष्ण योञ्जन र नवराज पौडेल, सहसचिवमा गोपिलाल थिङ, र शालिकराम अधिकारी रहेका छन् । प्रतिनिधिसभा २ को प्रदेशसभा (ख) को प्रदेश प्रतिनिधिको खुल्ला महिलातर्फ देवकी उप्रेती, यासिका घिसिङ, पद्मादेवी श्रेष्ठ उम्मेदवार रहेका छन् ।

पुरुषतर्फको खुल्ला सदस्य पदमा निराजन बर्तौला, कृष्णहरि कालाखेती, निरशंकर लामा, कविता बर्तौला, वेलबहादुर मुक्तान, कान्छाराम रुम्बा र ज्ञानेन्द्र बर्तौलाकोे उम्मेदवारी रहेको छ । खस आर्यतर्फ जयन्ती पाठक, आदिवासी जनजातिबाट पुरुषतर्फ सागर जिम्बा, निजन घलान र ठुलोकान्छा लामा रहेका छन् भने महिलातर्फको सदस्यमा संगीता थिङ र सीता बल रहेका छन् ।

त्यस्तै, दलिततर्फ लोकबहादुर नेपाली र अल्पसंख्यकतर्फ विनोदकुमार प्रजाको उम्मेदवारी रहेको छ ।

प्रदेश सभा निर्वाचनमा सो क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिकाका कार्य समितिका सभापति र वडा कार्य समितिका सभापति मतदाता हुनेछन् ।

यसैगरी सो क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवम् पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, सङ्घीय सांसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने व्यवस्था काँग्रेसको विधानमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*