अध्यक्ष राजेश प्रसाईकै पावरमा हेटौंडा अस्पतालको क्यान्टिन अबैध रुपमा सित्तैमा संचालन !
हेटौंडा अस्पतालको चमेना गृह (क्यान्टिन) अबैध रुपमा संचालन भैरहेको पाईएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा रहेको क्यान्टिन बिना सम्झौता त्यसै संचालन भईरहेको पाईएको हो ।
अघिल्लो वर्ष टेन्डर प्रक्रिया मार्फत संचालनमा रहेको क्यान्टिनको गत असारमा म्याद सकिएको हो । क्यान्टिन राजानितिक आड र हेटौंडा अस्पतालका अध्यक्षको पावरमा सम्झौता नवीकरण नै नगरी सचालित छ ।
त्यतिमात्र होईन एमालेका केहि नेता र अध्यक्ष प्रसाईले नै क्यान्टिन संचालकलाई मासिक भाडा नै नतिर्ने गरि संचालन गर्न दिएको पाईएको छ ।
हरेक महिनामा अस्पताललाई ६१ हजार ५०० बुझाउने गरि क्यान्टिनको ठेक्का लागेको थियो । तर अध्यक्ष प्रसाईले टेन्डर प्रक्रिया र सम्झौता कै बेवास्था गर्दै नियम बिपरित भाडा नै नलिनेगरी छुट दिएका छन् ।
नियम अनुसार सम्झौता सकिएपछी अर्को टेन्डरको प्रक्रिया थाल्नुपर्छ नत्र त्यसैलाई नवीकरण गर्नुपर्छ । तर यी दुवै प्रक्रिया नगरी सरकारी अस्पतालको हाता भित्र संचालित क्यान्टिनको सम्झौता अनुसारको भाडासमेत अध्यक्ष प्रसाईले मिनाहा गरिदिएका छन् ।
केहि महिना यता भने क्यान्टिनको भाडा अस्पतालको खातामा जम्मा हुन थालेको अस्पताल स्रोतले बताएको छ ।
एकमहिनाको भाडा नलिदा अस्पताललाई मासिक ६१ हजार ५०० घाटा घाटा लाग्छ भने उता सरकारी अस्पतालको हाताभित्र राजनीतिक पावरकै आडमा क्यान्टिन संचालित छ ।


