बाराका वडासचिव ३५ सय घुससहित पक्राउ

हेटौंडा खबर
February 3rd, 2022

बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साहलाई अख्तियारले नियन्त्रणमा लिएको छ। साहलाई जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएर गएको टोलीले सेवाग्राहीबाट ३५ सय रुपैयाँ रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

रकमसहित साहको कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*