एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

हेटौंडा खबर
February 13th, 2022

फागुन महिनाको पहिलो दिन आइतबार सुन प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।

आइतबार प्रति ताेलामा १५ सय रुपैयाँले बढी ९५ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो।

यसैगरी, आज सुनसँगै चाँदीको कारोबार मूल्य पनि बढेको छ। गत साताको शुक्रबार तोलामा १२ सय ८० रुपैयाँ रहेको चाँदी आज १३ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य आज एकै दिन २० रुपैयाँले बढेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*