त्रिपालमुनी थन्कीएको ‘नेपाल रेल’ बिना यात्री गुड्न थाल्यो

हेटौंडा खबर
February 13th, 2022

पछिल्लो १७ महिनादेखि त्रिपालमुनी थन्कीएको नेपाल रेल गुड्न थालेको छ।

आईतबार इनरुवा स्टेशनबाट कुर्था स्टेशन सम्म ३४.९ किलोमिटरको यात्रा तय गरेको रेललाई औपचारिक उद्घाटन नभएसम्म बिना यात्री प्रत्येक दिन एकपटक सञ्चालनमा ल्याईने नेपाल रेल्वे कम्पनी महाप्रबन्धक निरञ्जन झाले बताएका छन्।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण भएको जयनगर-बिजलपुरा-बर्दिबाससम्मको ६९ किलोमिटर रेल मार्ग अन्र्तगत पहिलो चरणमा जयनगर-कुर्थासम्म रेल चलेको छ।

भारतबाट ८४ करोडमा खरिद गरिएको दुई सेट डेमो रेल सञ्चालन हालका लागि भारतकै चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएलसँग दुई पक्षीय ‘जि टु जी’ सम्झौता भएको महाप्रबन्धक झाले बताएका छन्। रेल सञ्चालनका लागि २६ भारतीय कर्मचारीलाई ल्याईने तयारी गरिएको र जसमध्ये चालकसहित १४ जना हाल आईसकेको र अन्यलाई यात्री राखेर सञ्चालन गर्ने बेला ल्याईने महाप्रबन्धक झाले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*