एक्टिभ ईन्टरटेन्मेन्टद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान

हेटौंडा खबर
February 21st, 2022

एक्टिभ ईन्टरटेन्मेन्टले प्रजातन्त्र दिवसको अवसरमा पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ तथा सांगीतिक कार्यक्रम गरेको छ ।

कार्यक्रमा फिल्म उद्योगमा काम गर्ने प्राविधिक, कलाकार तथा समाजसेवीलाई सम्मान गरिएको एक्टिभ ईन्टरटेन्मेन्टका अध्यक्ष बिजेन्द्र नौबागेले बताए । विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई आयोजकले मायाको चिनो हस्तान्तरण गरेको थियो  ।

एक्टिभ ईन्टरटेनमेन्टको अध्यक्ष अनु रानाको सभापतित्रवमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा नेपाली चलचित्रका निर्देशक अमर वली ,म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे , प्रकाश धिताल, सर्जक गोबिन्द भट्ट , मोडल तथा मिडियाकर्मी श्रेयाकार्की , गायक रुपक डोटेल , गायक तिलक बस्नेत , गायक एलिज एन्जल राई ,ब्यबसायी तथा समाजसेबि राजुकार्की , कलाकार तथा समाजसेबि जानकी बज्रचार्य , निदेशक तथा भिडियो सम्पादक प्रेम शर्मा पौडेल , समाजसेबि दुर्गा लम्साल, गायक तथा मोडल मिलन बिष्ट , संचारकर्मी तथा सामाजिक अभियन्ता डि.बि. पराजुली लगायतलाई सम्मान गरीएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*