इजाजत बिना सञ्चालन भएका अस्पतालहरुलाई कारबाही गरिने

हेटौंडा खबर
February 27th, 2022

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत बिना सञ्चालन भएका अस्पतालहरुलाई कारबाही गर्ने बताएको छ ।

कतिपय स्वास्थ्य संस्था अनुमती बिना सञ्चालन भएको पाइएकाले कारबाही गर्ने मन्त्रालयले चेतावनी हो ।मन्त्रालय अन्तरगतको गुणस्तर मापन तथा नियमन महाशाखाले सूचना जारी गर्दैै भनेको छ, ‘कतिपय स्वास्थ्य संस्थाहरुले इजाजतपत्र नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको तथा त्यस्ता संस्थाहरूबाट स्वास्थ्य सेवा उपलब्ध गराइएको भनी विभिन्न सञ्चार समाचार आएको  सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’

जनस्वाथ्य सेवा ऐन २०७५ जनस्वास्थ्य सेवा नियमावली, २०७७ स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ लगायतको अन्य कानून, निर्देशिका तथा मापदण्डअनुसार सञ्चालन भएका अस्पताल मात्रै सञ्चालन अनुमति पाउने महाशाखा प्रमुख डा. मदन कुमार उपाध्यायले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*