पाँच हजार भन्दा धेरै रुसी सैनिकको मृत्यु भएको युक्रेनको दाबी

हेटौंडा खबर
February 28th, 2022

रुसले आफ्नो देशमा आक्रमण गरेपछि भएको संघर्षमा ५ हजार भन्दा बढी रुसी सैनिकको ज्यान गएको युक्रेनले दाबी गरेको छ।

युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको संघर्षमा सुरुका चार दिनमा  ५ हजार भन्दा धेरै रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ।

करिब ५,३०० सैनिकको ज्यान गएको तथा १९१ वटा रुसी ट्याङ्क,२९ वटा हेलिकप्टर २९ वटा लडाकु विमान र सैनिकहरू बोक्ने ८१६ वटा सवारी नष्ट पारिएको दाबी युक्रेनले विज्ञप्तिमार्फत गरेको छ।

तर यसको स्वतन्त्र पुष्टि गर्न नसकिएको बीबीसीले उल्लेख गरेको छ।

तर बेलायको रक्षा मन्त्रालयका अनुसार द्वन्द्वको प्रारम्भिक चरणमा रुसतर्फ ठूलो सैन्य क्षति भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*