सत्तामा टिक्नको लागि माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्‍यो: एमाले

हेटौंडा खबर
March 1st, 2022

नेकपा एमालेले सत्तामा टिकीरहन माओवादी केन्द्रले अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गरेको आरोप लगाएको छ। एमसीसी अनुमोदन पछि एमालेले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

गठबन्धनका केहि दलहरुले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै कार्यकर्ता भडकाउने र जनतामा अन्योलता सृजना गर्दै आएको र  दुइपक्षिय् भूराजनीतिक विषय बनाएका छन् , २४ घण्टा अघि सत्ता छाड्ने तर एमसीसी पास हुन नदिने अभिव्यक्त पनि दिँदै आए थिए, २४ घण्टापछि स्पष्टिकरण दिन थाले,एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, पद जोगिनु क्रान्ति, पद जानु प्रतिक्रान्ति र  गठबन्धन ढले पद जाने र आफ्ना हितैषिहरुको पनि पद जाने भएकाले समर्थन गर्नु  बाहेक अरु विकल्प नरहेको बताए  ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*