बागमती प्रदेश सरकारले कोरोना विरुद्धको खोपलाई तीव्रता दिँदै

हेटौंडा खबर
March 7th, 2022

बागमती प्रदेश सरकारले कोरोना विरुद्धको खोपलाई तीव्रता दिँदै आइरहेको छ ।

खोप नलगाएकालाई खोप लगाउने, पहिलो डाेज लगाएकालाई दाेस्रो डाेज तथा बुस्टर डोज खोप प्रदान गर्ने कार्यलाई स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले तीव्रता दिँदै आइरहेको हो ।

बागमती प्रदेशमा १२ देखि १८ वर्षसम्मका ५०.१ प्रतिशतले पहिलाे डाेज लगाएका छन् भने २८.६१ प्रतिशतले दाेस्राे डाेज लगाइसकेकाे मन्त्रालयले जनाएको छ।१८ वर्षभन्दा माथि उमेर समूहका ९७.९ प्रतिशतले कोरोना खोपको पहिलो मात्रा लगाएका छन् भने ९६.८ प्रतिशतले दोस्रो मात्रा खोप लगाइसकेका छन् । जसमध्ये ११.२८ प्रतिशतले बुस्टर खोप समेत लगाइसकेको र बाँकी नागरिकलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले जनाएको छ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ बाट हालसम्म नेपालमा ११ लाख १७ हजार ४६ संक्रमित भएकोमा ९१.१० प्रतिशत निको भएका छन् । बाँकी उपचारत रहँदा ०.२० प्रतिशतको कोरोना संक्रमणकै कारण मृत्यु भएको तथ्यांक छ । देशभर ११ लाखभन्दा धेरै कारोना संक्रमित हुँदा बागमती प्रदेशमा हालसम्म ५ लाख ६९ हजार ८ सय ९७ संक्रमित भएका छन् ।

देशको कुल संक्रमितको तथ्यांक अनुसार अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा कोरोना संक्रमित धेरै रहेको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार यस प्रदेशमा कुल संक्रमितमध्ये ९८.९९ प्रतिशत निको भैसकेका छन् भने ०.९३ प्रतिशतको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*