शेयर बजारमा झिनो सुधार

हेटौंडा खबर
March 7th, 2022

आज शेयर बजारमा झिनो सुधार देखिएको छ ।

फागुन ११ गतेदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्से आज १.५४ अंकले उकालो लागेको हो । ०.०६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५४४.९३ अंकमा उक्लिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २३० कम्पनीका ५३ लाख १५ हजार २ सय ९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४ सय ३ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजारमा झिनो सुधार देखिएको दिन आज बैंकिङ, होटल, निर्जीवन बीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः ५.३६, १४.१८, ९.८८, ८७.६३, र ३५.५ अंकले बढे भने बाँकी समूह राताम्मे भए । आज सबैभन्दा बढी जीवन बीमा समूह १५४.८४ अंकले घटेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*