नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

हेटौंडा खबर
March 8th, 2022

नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

एएफसी एसियन कपमा तेस्रो चरण छनोटका लागि नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।“नेपाली टिमले चैत दोस्रो साता थाइल्यान्डको भ्रमण गर्नेछ,” अखिल नेपाल फुटबल संघ (एन्फ)का महासचिव इन्द्रमान तुलाधरले भने ।

नेपालले थाइल्यान्डमा चैत १० र १३ गते दुई मैत्रीपूर्ण खेल खेल्ने तुलाधरले बताए ।नेपालले गएको माघ १५ र १८ गते अफ्रिकन राष्ट्र मौरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेलमा नेपाल १–० ले विजयी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*