चैत ९ देखि एमाले केन्द्रीय कमिटी बैठक

हेटौंडा खबर
March 11th, 2022

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न चैत ९ र १० गतेका लागि बैठक बोलाइको हो।केन्द्रीय कमिटी बैठकअघि चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्युरो बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए।

राजनीतिक दलहरु स्थानीय चुनाव लक्षित गतिविधिको तयारीमा जुटेको बेला एमालेको बैठक बस्न लागेको हो।सत्ता गठबन्धनका दलहरु मिलेर चुनाव लड्ने बताइरहँदा एमालेले भने एक्लै लड्ने बताउँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*