अहिलेको महँगी नियन्त्रणभन्दा बाहिर गयो : शहरी विकासमन्त्री झाँक्री

हेटौंडा खबर
March 11th, 2022

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिलेको महँगी आफूहरूको नियन्त्रणभन्दा बाहिर रहेको बताएकी छन्।

नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महँगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताइन्।

आजको महँगी हाम्रो नियन्त्रणमा छैन। आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दीचै सायद रसिया-युक्रेनको युद्ध मात्र छैन। खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु र भारतीय मुद्राको अवमुल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नु पर्ने चापको कारणले महंगी बढेको हो,” उनले भनिन्।

निर्माण व्यवसायीको माग सम्बोधन गर्दै ऐन संशोधन नगरिएको जानकारी दिएकी उनले बेलैमा आयोजना निर्माण सम्पन्न होस् भन्नका लागि अब एक निर्माण व्यवसायीलाई एकपटकमा पाँच ओटा आयोजनामात्र दिने गरी कानून संशोधनन गरिएको बताइन्।

नियन्त्रण बाहिरका माग राखेर ‘निर्माण व्यवसायी होली डे’ नमनाउन आग्रह गरेकी उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउन आग्रह गरिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*