निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाखको दुर्घटना बीमा

हेटौंडा खबर
March 11th, 2022

निर्वाचन आयोगले निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाखको दुर्घटना बीमा गर्ने प्रस्ताव गरेको छ।

शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरुसँगको छलफलका क्रममा आयोगले चुनावमा खटिएका कर्मचारीको दुर्घटनामा परी मृत्यु भएमा बीमाबापत २० लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो।निर्वाचनमा निजामती कर्मचारी, सुरक्षाकर्मी र म्यादी प्रहरी खटाउने गरिएको छ।

निर्वाचनमा खटिने जनशक्तिहरुको बीमा गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आयोगले निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ अनुमानित जनशक्तिको प्रतिव्यक्ति  २० लाखको बीमा गर्न लागिएको आयोगले जनाएको छ।आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*