वाणिज्य बैंकहरुले चैतमा बैंक ब्याजदर नबढाउने निर्णय

हेटौंडा खबर
March 13th, 2022

वाणिज्य बैंकहरुले चैतमा ब्याज नबढाउने र स्थिर राख्ने भएका छन् । निक्षेपको ब्याज बढाउन कतिपय बैंकरले माग गरे पनि बैंकर्स संघले भने चैतका लागि नयाँ ब्याजदर अधिकतम ११.०३ प्रतिशत नै दिने निर्णय गरेको हो ।ब्याजदर बढाएर मात्र निक्षेप तान्न नसकिने देखिएपछि स्थिर राख्ने निर्णय भएको हो ।
बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ र राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार हरेक महिना १० प्रतिशतको दरले घटबढ गर्न पाउने व्यवस्था छ । तरलता संकट देखाएर बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशतभन्दा बढी पुर्याएका छन् । तर चैतका लागि भने नबढाउने सहमति भएको हो ।

शुक्रबार साँझ २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक बसेर ब्याजदर सम्बन्धमा छलफल गरेका थिए ।अधिकांश बैंकर्सहरुले ब्याजदर घटाउने होइन बढाउनु पर्ने धारणा राखेका थिए तर ब्याजदर बढाउँदा अन्य चुनौती थपिने भन्दै संघले आज आइतबार ब्याजदर स्थिर राख्ने निणर्य गरेको हो । यसको प्रभावस्वरुप आजको शेयर बजार समेत उच्च अंकले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*