निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

हेटौंडा खबर
March 14th, 2022

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘देश अहिले स्थानीय निर्वाचनको संघारमा छ ।

आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्व छ, यसमा सरोकारवाला सबै प्रतिबद्ध हुनु आवश्यक छ,’ उनले भने ।सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा भ्रम फैलाइएको भन्दै त्यो भ्रम फैलाउनेहरू नै एमसीसीको निर्णय प्रक्रियामा सामेल रहेको बताए ।प्रधानमन्त्री देउवाले एमाले नेता भीम रावलले एमसीसीको सबैभन्दा विरोध गरिरहेको भन्दै उनले त्यस्तो बोल्न लाज मान्नुपर्ने बताए ।

‘एमसीसी संसद्बाट पास गर्नुपर्छ भनेर एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले नै संसद्‍मा पेस गर्नुभएको हो । अहिले मैले त्यसैलाई संसद्‍बाट पास गराऔँ भनेको हुँ,’ प्रधानमन्त्री देउवाले प्रश्न गर्दै भने, ‘तर भीम रावल अहिले सबैभन्दा बढी एमसीसीविरुद्धमा बोल्नुहुन्छ, उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो, त्यही बेला मन्त्रिपरिषद्‍बाट एमसीसी किन पास गर्नुभयो ? के हेरेर बस्नुभएको थियो ? यति चित्त नबुझेको रहेछ, मन्त्रीबाट न राजीनामा दिएको छ ? त्यसबेला किन विरोध गर्नुभएन, र अहिले विरोध गर्दै हुनुहुन्छ ? लाज छ कि छैन ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*