प्रि ओपन सेसनमा साढे ५ अंकले बढ्यो नेप्से

हेटौंडा खबर
March 15th, 2022

साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार, ५.६२ अंक बढेर २६७३.५९ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ५.४३ अंक बढेर २६७३.५५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १८ स्टकको १ करोड ३ लाख ९८ हजार १९३ रुपैयाँ बराबरको ६ हजार ७७८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*