जलवायु विज्ञ भन्छन् : नेपालको तापक्रम निरन्तर बढ्दो छ

हेटौंडा खबर
March 15th, 2022

नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् ।

सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गर्दै उनले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने बताए ।

जलवायु विज्ञ डा. उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्र पुगेको अवस्थामा तातो हावा आउने उल्लेख गरे ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेको बताए । नेपालमा केही दिन यसको सम्भावना भएकाले सर्तक रहनुपर्नेमा उनले जोड दिए ।तातो हावा चलेको अवस्थामा पर्यावरण सुख्खा रहने, कम पानि पर्ने हुँदा प्रदुषण बढ्ने र ठूलो वेगको हावा चल्दा भौतिक संरचनाहरुमा क्षति पुग्नासक्ने उनले बताए ।

उनले भने, ‘ यतिबेला हामी सचेत हुनुपर्ने हुन्छ । जस्तो चैत २ देखि ३ मा तराई क्षेत्रमा हावाको गती २५ देखि ३५ किलोमिटर प्रतिघण्टाको दरले बहदैछ भन्ने आएको छ। ४० किलोमिटर प्रतिघण्टाको अवस्था छ भने त्यसले ठुलो क्षति त गर्दैन । तर रुख ढाल्न सक्ने, कृषि प्रणालीमा क्षति पुग्ने अवस्था हुन सक्छ ।’

उनले यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्व सुचना दिनु आवश्यक रहेको बताए । तापक्रम वृद्धि भई अत्याधिक हावा चल्ने हुँदा कृषि प्रणालीमासमेत असर पर्ने भएकाले सजग हुनुपर्ने उनले बताए ।

जलवायु विज्ञ डा. उप्रेतीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तीव्र रुपमा देखा परिरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*