माधव नेपालको पार्टी नामको कम्युनिस्ट हो, कामको होइन : ओली

हेटौंडा खबर
March 15th, 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको पार्टी नाममात्रैको कम्युनिस्ट भएको बताएका छन् । अखिल नेपाल महिला संघको राजाधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘नामका कम्युनिस्ट हुन, कामका कम्युनिस्ट होइनन् । कसैको नाम धनबहादुर भयो भने धनी भइन्छ त । धनी नहुन पनि सक्छ ,’उनले भने,’ जुन फाटोवादी छ उसको नाम एकीकृत, प्रतिक्रियावादीको पुच्छर समाजवादी ।’

अध्यक्ष ओलीले दुई तिहाइको हैसियतामा रहेको कम्युनिस्टलाई हटाएको पार्टी कम्युनिस्ट नहुने तर्क गरे। उनले नेपालले कम्युनिस्ट पार्टी फोडेर दक्षीणपन्थी सरकार बनाइएको आरोप लगाए । उनले भने, ‘दुई तिहाइको हैसियतमा रहेको कम्युनिस्टलाई हटाएको पार्टी कम्युनिस्ट हुन्छ ? प्रतिक्रियावादीलाई भोट हाल्न पछिल्लो ढोकाबाट जाने, यस्तालाई कम्युनिस्ट भन्न मिल्छ ?

।’उनले आगामी निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत मत ल्याउने दावी गरे।  कम्युनिस्टका नाममा केहि तत्वहरुले ताजा जनादेशलाई प्रतिगामी भन्ने गरेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*