अब ईसेवा वालेटका एजेन्ट नेटवर्कबाट पनि रेमिट्यान्स पठाउन र पाउन सकिने

हेटौंडा खबर
March 16th, 2022

ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि भुक्तानी सेवा प्रदायक ईसेवाका एजेन्ट नेटवर्क (जोन, पोइन्ट तथा क्यासपोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ ।

ईसेवा मनि ट्रान्सफरले संसारका दुई सय बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्र्याउँदै आएको छ भने ईसेवाले नेपालमा भुक्तानी प्रणालीको सेवा दिँदै आएकोे छ ।यी दुई कम्पनी एफवान सफ्न ग्रुप अन्तर्गतका भगीनी संस्था हुन् ।

योसँगै विदेशबाट ईसेवा मनि ट्रान्सफरमार्फत आएको रेमिट्यान्स, ईसेवा मनि ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्रसँगै अब ईसेवा वालेटका देशभर रहेका एक लाख ३० हजार भन्दा बढी जोन, पोइन्ट तथा क्यासपोइन्टमार्फत समेत पाइन्छ ।त्यस्तै, ईसेवाका एजेन्ट नेटवर्कबाट ईसेवा मनी ट्रान्सफर मार्फत मुलुकभर आन्तरिक रेमिट्यान्स् पठाउन मिल्नुका साथै आफ्नो नाममा आएको रेमिट्यान्स प्राप्त गर्न समेत सकिनेछ ।

यसका साथै ईसेवाका ५० लाख बढी प्रयोगकर्ताले ईसेवा वालेटबाट ईसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरि देशभर आन्तरिक रेमिट्यान्स पठाउन सकिनेछ र विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै आफ्नो ईसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*