थपिए ८२ संक्रमित, निको भए २१३ जना

हेटौंडा खबर
March 16th, 2022

देशभर थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ८२ जनामा संक्रमण पुष्टि भएको हो।

६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।४ हजार ७९० जनाको पिसिआर गर्दा  ४१ र १ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै देशभर ४ हजार ५७४ जना सक्रिय संक्रमित छन्।

२१३ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*