हेटौंडाको ८ नम्बर वडा कार्यालयमा लफडा, अध्यक्षको कुर्सी सडकमा

हेटौंडा खबर
March 18th, 2022

हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयमा लफडा भएको छ ।

अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दी सँगै उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् ।

सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता लिनुपर्ने जस्ता गतिविधि गरेपछि बाध्य भएर आन्दोलित भएको नेपाली कांग्रेस हेटौंडा–८ का सभापति भुपेन्द्र कोइरालाले जानकारी दिए ।

यसअघि नै पदिय मर्यादा कायम राखेर काम गर्न र पक्षपात नगर्न सुझाव दिएपनि अटेर गरेको आन्दोलनमा उत्रिएका राजनैतिक दलको भनाई रहेको छ । उनीहरुले वडाध्यक्ष श्रेष्ठ चुनाव केन्द्रित भोट संकलन र कमाउ अभियानमा लागेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादीसहितका पार्टीका नेता कार्यकर्ताहरुले श्रेष्ठले व्यवहार सुधार नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*