१० मिनेटको लागि बालुवाटार छिरेका बाबुराम एक घण्टा बसे, प्रधानमन्त्रीसँग निर्वाचनकेन्द्रित छलफल

हेटौंडा खबर
March 23rd, 2022

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टाईले प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आज करिब एक घण्टा भन्दा लामो समयसम्म छलफल भएको हो ।

सुरुमा भट्टराईले १० मिनेटको लागि समय मागेका थिए । तर, प्रधानमन्त्रीसँगको छलफलमा चुनावकेन्द्रित कुराकानी भएकोले उनीहरुबीच एक घण्टाभन्दा लामो भेटवार्ता भएको थियो।

बाबुरामले पाँच दलीय गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए । उनले पाँच दलीय गठबन्धनलाई बलियो बनाउनुको विकल्प नभएको भन्दै यसको लागि अहिलेदेखि नै निर्वाचनको खाका बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

बाबुरामको उक्त प्रस्तावमा प्रधानमन्त्री देउवाव पनि सकारात्मक बनेको स्रोतको दाबी छ। त्यस्तै, उनीहरुबीच चिनियाँ विदेशमन्त्रीको अबहुने नेपाल भ्रमणबारे पनि छलफल भएको थियो ।

०७४ को चुनावमा पनि बाबुरामले कांग्रेससँग गठबन्धन गरेर चुनाव जितेका थिए। अहिलेपनि उनी कांग्रेसकै साथ लिएर चुनाव लड्न चाहन्छन् । कांग्रेसका शीर्ष नेताहरुले भने चुनावमा गबठन्धन गर्न नहुने मत राखिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*