बजेटबारे छलफल गर्न अर्थ समितिले बोलाएको बैठक कोरम नपुगेर स्थगित

हेटौंडा खबर
March 28th, 2022

संघीय संसद् अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ। प्रि–बजेट छलफलका लागि बोलाइएको बैठक पर्याप्त संख्यामा सांसदहरु उपस्थित नभएका कारण बस्न नसकेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

प्रतिनिधिसभा नियमावलीअनुसार समितिका कुल सदस्यको ५१ प्रतिशत उपस्थित नहुँदासम्म बैठक अगाडि बढ्न सक्दैन। ५१ प्रतिशत सदस्य उपस्थित भएमात्र गणपूरक संख्या मानिने उल्लेख नियमावलीमा उल्लेख छ।

अर्थ समितिको बैठक आज बिहान साढे ३० बजेका लागि बोलाइएको थियो। बैठकमा राष्ट्रिय योजना आयोगसँग प्रि–बजेट छलफल गर्ने कार्यसूची थियो।बजेटकै विषयमा अर्थ मन्त्रालयसँग छलफल गर्न समितिको बैठक दिउँसो साढे १ बजे पनि डाकिएको थियाे। समितिले दिउँसोको बैठक पनि स्थगित गरेको छ।

जेठ १५ गते वार्षिक बजेट संसद् बैठकमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। अर्थ मन्त्रालय बजेटको तयारीमा जुटिसकेको छ भने संसदीय समिति तथा अन्य सरोकारवाला निकायहरुले प्रि–बजेट छलफल चलाइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*