युक्रेन र रुसीबिच भौतिक उपस्थितिमा हुने अबको चरणको वार्ता मंगलबारका लागि तय

हेटौंडा खबर
March 28th, 2022

युक्रेन र रुसबीच भौतिक उपस्थितिमा हुने अबको चरणको वार्ता मंगलबारका लागि तय भएको छ।

टर्कीको राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार मंगलबार राजधानी स्तानबुलमा वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

आइतबार टर्किस राष्ट्रपति रिपेप तैयप एर्डोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवादमा स्तानबुलमा मंगलबार वार्ता गर्ने सहमति भएको हो।

स्तानबुलमा युक्रेन र रुसका वार्ता टोलीबीच हुने कुराकानीलाई महत्वका साथ हेरिएको छ। युद्ध अन्त्यका लागि आफूहरु तटस्थ हैसियतका सम्बन्धमा छलफल गर्न तयार रहेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएको परिवेशमा वार्ता हुन लागेको हो।

रुस र युक्रेनबीच हालसम्म भएको वार्ताबाट ठोस निष्कर्ष निकाल्न सकिएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*