मलेसिया टस जितेर ब्याटिङमा

हेटौंडा खबर
March 30th, 2022

नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा मलेसियाले नेपालविरुद्ध टस जितेर ब्याटिङमा उत्रने निर्णय गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुँदैछ।

मलेसियासँगका पछिल्ला पाँच खेलहरुमा नेपालले ४ वटामा जित र १ वटामा पराजय ब्यहोरेको छ। २०२० मा एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले मलेसियासँग २२ रनको पराजय ब्यहोरेको थियो। त्यसयता नेपालमै २०२१ मा भएको नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको दुईवटै खेलमा नेपालले मलेसियालाई हराएको थियो।

जारी सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीमाथि १५ रनको जित निकालेको थियो। मलेसियाले पनि पपुवा न्युगिनीमाथि ८ रनको जित निकाल्दै सुखद सुरुवात गरिसकेको छ।

नेपाली टोलीबाट दीलिप नाथले आजको खेलबाट टी २० आईमा डेब्यु गर्दैछन्।

नेपाली टोली

सन्दीप लामिछाने, मोहम्मद आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, मोहम्मद आशिफ शेख, करण केसी, अविनास बोहोरा, दीलिप नाथ, कुशल मल्ल, रोहितकुमार पौडेल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*