एनआरएनएको नवनिर्वाचित टोलीलाई एकीकृत समाजवादीले दियो बधाई
नेपाल कम्युनिष्ठ पार्टी एकीकृत समाजवादीले गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिएको छ ।
बुधबार एकीकृत समाजवादीले पार्टी कार्यालयमा बधाई तथा शुभकामना दिने कार्यक्रम आयोजना गरेर स्वागत गरेको हो ।पार्टी कार्यालयमा पुगेको नवनिर्वाचित टोलीलाई पूर्वप्रधानमन्त्री एमव एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सफलताको शुभकामना दिएका थिए ।


