आलियासँग विवाह गर्नेबारे रणवीर कपुरले गरे यस्तो खुलासा

हेटौंडा खबर
March 31st, 2022

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छिट्टै वैवाहिक बन्धनमा बाँधिने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता रणवीरले यसबारे खुलासासमेत गरेका छन्।

रणवीर आलियासँग छिट्टै विहे गर्ने बताए पनि मिति भने खुलाउन चाहेनन्। ‘म विहेको मिति नै मिडियामा सार्वजनिक गर्न चाहनन्। तर आलिया र मैले विहेका लागि तयार भएका छौं। आहा गरौं त्यो छिट्टै पूरा होस्,’ उनले एनडीटिभीसँग भनेका छन्।

उनका दिवंगत पिता ऋषि कपुरद्वारा अभिनित फिल्म शर्माजी नमकिन फिल्मको प्रवर्द्धनमा व्यस्त रहेका रणवीरले विवाहबारे खुलासा गरेका हुन्। तर आलियाका बुबा महेश भट्टले यो खबरलाई अफवाह भनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*