बैंकिङ प्रणालीमा १० अर्ब रुपैयाँ घट्यो, सीडी रेसियो बढ्यो

हेटौंडा खबर
April 19th, 2022

बैंक तथा वित्तीय संस्थाबाट एक दिनमै १० अर्ब रूपैयाँ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख ३ गतेसम्म कुल निक्षेप ४९ खर्ब ६२ अर्ब रूपैयाँ रहेकोमा एक दिनमै १० अर्ब रुपैयाँ घटेको हो । वैशाख ४ गते वित्तीय प्रणालीमा ४९ खर्ब ५२ अर्ब रुपैयाँ कायम भएको छ ।

त्यसैगरी एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ ।

पछिल्लो समय वाणिज्य बैंकहरूमा पनि निक्षेप संकलन घट्दै गएको छ । वैशाख ४ गते एक दिनमै ९ अर्ब रुपैयाँ निक्षेप संकलन घटेको छ । अघिल्लो दिनसम्म यी बैंकहरूमा निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ जम्मा भएको थियो । तर, भोलिपल्ट वैशाख ४ गते उक्त रकम ९ अर्ब रुपैयाँ घटेको हो ।

राष्ट्र बैंकका अनुसार वैशाख ४ गते सीडी रेसियो ९० दशमलव ४३ प्रतिशत कायम भएको छ । अघिल्लो दिन सीडी रेसियो ९० दशमलव २८ पतिशत रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*