हेटौंडाको मेयर एसको भागमा परेपछि के गर्दैछ कांग्रेस ? अब के हुन्छ ?
हेटौंडा उपमहानगरको मेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।
पाँचदलीय सत्ता गठबन्धनमा देशका ११ वटा उपमहानगरको भागबण्डामा सहमति भएको छ । भागबण्डाअनुसार ११ मध्ये ७ उपमहागरपालिकाको मेयर कांग्रेसले पाएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले भाबण्डामा सहमति जुटाएको हो ।
हेटौंडा नेकपा एकीकृत समाजवादीको भागमा परेपछि कांग्रेस मकवानपुरले के गर्छ भन्ने बिषय चासोका साथ् हेरिएको छ । हिजो मात्र कांग्रेस नगर समितिले हेटौंडाको मेयर र बहुमत वडा कांग्रेसले पाउनुपर्ने अन्यथा मित्रवत प्रतिश्पर्धा गरि कांग्रेस एक्लै चुनावमा जाने निर्णय भएको थियो ।
केन्द्रमा हिजै रातीको गठबन्धनको बैठकले हेटौडाको मेयर एसको भागमा परेपछि अब के गर्ने भन्ने विषयमा कांग्रेस छलफलमा जुटेको छ । नेपाली कांग्रेस जिल्ला सचिव भीमसेन महतले केन्द्रको निर्णय मान्नु पर्ने बताएका छन् भने उता हेटौंडा नगर समितिले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
हेटौंडाको मेयर यसको भागमा परेपछि केन्द्रकै निर्णय मानेर अघि बढ्ने वा छुट्टै ढंगले अघि बढ्ने भन्ने बारे केहीबेर पछी पत्रकार सम्मेलनमा जानकारी गराइने बुझिएको छ ।


