११ बजेलाई बोलाएको गठबन्धनको बैठक अझै सुरु हुन सकेन

हेटौंडा खबर
April 20th, 2022

सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रुप दिन बुधबार ११ बजे बस्ने भनिएको बैठक अझै सुरु हुन सकेको छैन ।  बैठकमा सहभागी हुन गठबन्धनका दोस्रो तहका नेताहरु समयमै बालुवाटार पुगे पनि शीर्ष नेताहरु नपुग्दा बैठक सुरु हुन नसकेको हो ।

माओवादी केन्द्रका नेता देव गुरुङले दोस्रो तहका नेता बालुवाटार पुगे पनि बैठक सुरु नभएको जानकारी दिए । सत्ता गठबन्धनबीच महानगरको भागबण्डा लगभग टुङ्गिए पनि उपमहानगरमा कुरा मिलिसकेको छैन । जनकपुर उपमहानगर र नेपालगञ्ज उपमहानगरमा काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले दावी नछोड्दा सहमति जुट्न ढिलाई भएको नेताहरुको भनाइ छ ।

सात महानगरमध्ये नेपाली काँग्रेसले तीन तथा माओवादी समाजवादी र जसपाले एकएक महानगरको नेतृत्व गर्न सहमति जुटेको बुझिएको छ । तर ११ उपमहानगरमा भने नौ वटामा सहमति जुटेपनि २ वटामा सहमति नहुँदा गठबन्धनको भागबण्डा जटिल बन्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*