हेटौंडाको मेयर समाजवादीलाई दिने गठबन्धनको निर्णय
५ दलीय सत्ता गठबन्धनबाट हेटौंडा उपमानरपालिकाको मेयर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पाउने पक्का भएको छ ।
गएराति बालुवाटारमा बसेको गठबन्धनको बैठकले देशका ११ वटा उपमहानगरको भागबण्डामा हेटौंडाको मेयर समाजवादीलाई दिने सहमति गरेको छ । यसैगरि,हेटौंडाको उपमेयर भने नेपाली कांग्रेसले पाउने भएको छ ।
बैठकले कांग्रेसले धरान,इटहरी,कलैया,बुटबल,तुलसीपुर र धनगढी उपहानरपालिकाको मेयर पाउने भएको छ भने माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमानगरपालिकाको मेयर पाउने भएको छ ।
यसैगरि जनकपुर र नेपालगञ्ज भने सहमति हुन बाँकी रहेको छ । दुई उपमहानगरको सहमतिका लागि बुधबार बिहान ११ बजे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने बताईएको छ ।


