हेटौंडामा कांग्रेसलाई एक्लै चुनावमा जान बाटो खुल्यो

हेटौंडा खबर
April 20th, 2022

सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको हो । संगसंगै पाँच दलका प्रमुख नेताहरुले सहमति नभए मित्रवत प्रतिष्पर्धाका लागि बाटो खोलिदिएका हुन्।

उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट भाडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरिन्छ। साथै सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समेत समझदारी भयो।’

यसलाई हेर्दा हेटौंडा उपमहानगरको मेयरमा कांग्रेसले दावी गरिरहेकाले कांग्रेसलाई मित्रवत प्रतिष्पर्धामा जान बाटो खुलेको छ । हेटौंडा उपमहानगर समितिले आज पत्रकार सम्मेलन नै गरेर केन्द्रको निर्णय नसच्चिए एक्लै चुनावमा जाने निर्णय समेत गरिसकेको छ ।

उता कांग्रेस जिल्ला समितिले केन्द्र कै निर्णय मान्नु पर्ने बताएको छ भने उपमहानगर समिति यसलाई मान्ने पक्षमा देखिएको छैन । नगर समितिको निर्णयलाई जिल्लाले सम्बोधन गरेर जाने हो भने हेटौंडामा कांग्रेसको तर्फबाट मेयर अघि सार्न र मित्रवत प्रतिष्पर्धा गर्न बाटो खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*