कोभिड-१९ को जोखिम कायमै रहेको मन्त्रालयको भनाइ

हेटौंडा खबर
April 21st, 2022

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार एउटा प्रेस विज्ञप्ती जारी गर्दै कोभिड-१९ संक्रमणको जोखिम कायम नै रहेको जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै यसविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ ।’

‘कोभिड-१९ को संक्रमण दर भारत लगायत छिमेकी राष्ट्रहरुमा पछिल्लो केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा संक्रमणको जोखिम कायम नै रहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी बढाउन संवेदनशील भई जिम्मेबार बनी जनस्वास्थ्यको मापदण्डहरुको पालन गर्न र गराउन मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ, विज्ञप्तीमा भनिएको छ– ‘कोभिड १९ विरुद्धको खोप तथा पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको तीन महिना पुरा भएपछि बुस्टर मात्रा खोप लगाउनु हुन अनुरोध गर्दछौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*