जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन थालियो

हेटौंडा खबर
April 21st, 2022

निर्वाचन आयोगले जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन थालेको छ । बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु, काठमाडौं जिल्लाका लागि आवश्यक पर्ने निर्वाचन सामग्री पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्माले पठाउन थालिएको बताए ।

निर्वाचन सामग्री पठाइने उनको भनाइ छ । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदैछ । निर्वाचन सामग्री करिब १० दिनभित्र सबै जिल्लामा पठाइसक्ने उनको भनाइ छ । यस्तै शर्माले १ करोड १९ लाख मतपत्र छापिसकेको पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*