हेटौंडामा मेयर कांग्रेसले नै पाउनुपर्छ नत्र पार्टी दुर्घटनामा पर्छ : आनन्दराम पराजुली (भिडिओ)

हेटौंडा खबर
April 21st, 2022

नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले हेटौंडा उपमहानगरपालिकाको मेयर कांग्रेसले लिनुपर्ने बताएका छन् ।

५ दलीय गठबन्धनको केन्द्रको निर्णय सच्याएर हेटौंडामा मेयरको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनले बताएका हुन् । हेटौंडाखबर संग कुनाकानी गर्दै नेता पराजुलीले आसन्न स्थानीय निर्वाचनमा हेटौंडाको हकमा मेयर कांग्रेसले नपाउने अवस्था बने दुर्घटना निम्तिने भन्दै केन्द्रको निर्णय सच्याउन उनले माग गरे ।

‘हेटौंडामा एकीकृत समाजवादीले मेयर खोजेकै छैन, जवर्जस्ती केन्द्रबाट किन दिइएको छ त्यो हामीले बुझेका छैनौ यदि हेटौंडाको मेयर कांग्रेसको नेतृत्वमा गएन भने कांग्रेसको संगठन भताभुंग हुने भनेकाले केन्द्रले यो निर्णयको पुमर्विचार गरोस भन्ने आग्रह गर्न चाहन्छु’, उनले भने ।

                                     थप भिडिओ सामाग्रीमा 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*