हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड, शिर भाँचेर खोलामा

हेटौंडा खबर
April 22nd, 2022

हेटौंडा-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ ।

आज राती अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको प्रतिमा तोडफोड गरेका हुन् ।  बिहान पार्कमा मर्निङ्वाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए ।

मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए । पार्कमा रहेका अन्य संरचना भने यथावत रहेकाे  उनले बताए । ‘त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*