सांघाइमा तीव्र भयो कोरोना संक्रमण

हेटौंडा खबर
April 22nd, 2022

चीनको वित्तीय राजधानीको रुपमा परिचित सांघाईमा कोरोना भाइरस संक्रमणको दर तीब्र बनेको छ। संक्रमितको संख्या अधिक भएका कारण अहिले सांघाईमा लकडाउन गर्न र अन्य कदम चाल्ने तयारी भइरहेको छ।

संघाईमा अहिले कोरोना संक्रमितको घर अगाडि विद्युतीय घन्टी राखिएको छ भने अन्य मानिसको घरलाई डिस्इनफेक्ट पनि गरिएको छ। सर्वसाधारण नागरिकलाई घर भन्दा बाहिर ननिस्किन पनि आदेश दिइएको छ।

सांघाईमा लकडाउन लागू गरिएको एक साता भइसकेको छ। सांघाईका अधिकारीहरुले संक्रमित र उनीहरुको संपर्कमा आएका नागरिकलाई सरकारी क्वार्टरमा राखिएको जानकारी दिएका छन्। संक्रमितहरुलाई घरबाट अस्थायी रुपमा निकालिएको बिबिसीले जनाएको छ।

सांघाईमा अहिलेसम्म ४ लाखभन्दा धेरै मानिस कोरोना भाइरस संक्रमित भेटिएका छन् भने ३६ जनाको कोरोना भाइरस संक्रमणकै कारण निधन भइसकेको छ। मृत्यु हुनेमा वृद्धको बाहुल्य धेरै रहेको जनाइएको छ र उनीहरुले कोरोना भाइरसको विरुद्धको खोप लगाएका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*