आज हेटौंडामा ‘हेटौंडा जर्नालिजम अवार्ड’ हुदै

हेटौंडा खबर
April 23rd, 2022

मकवानपुरका पत्रकारहरुलाई प्रदान गरिने तेस्रो तथा चौथो ‘हेटौंडा जर्नालिजम अवार्ड’ आज हेटौंडामा हुदैछ । न्यू मिडिया एकेडेमी एकेडेमी प्रालिले हेटौंडा–५ मा रहेको रिगल हेटौंडा रिसोर्टमा अवार्ड कार्यक्रम हुने जनाइएको छ ।

कम्पनीका अध्यक्ष मणिराज गौतमले १३ विधामा मकवानपुरका पत्रकारलाई अवार्ड प्रदान गरिने बताए । उनले २०७७ र २०७८ सालभित्रको क्रियाशीलको आधारमा अवार्ड मूल्यांकन गर्न तीन जना सदस्य जुरी सदस्य रहेको बताए ।

कार्यक्रममा यस वर्ष उत्कृष्ट पत्रकार वर्ष अवार्ड (पुरुष तथा महिला) खोज पत्रकारिता वर्ष अवार्ड, कार्यक्रम रेडियो पत्रकारिता वर्ष अवार्ड, सम्पादक वर्ष अवार्ड, उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट नवप्रवेसी पत्रकारिता वर्ष अवार्ड (महिला तथा पुरुष), उत्कृष्ट अनलाइन पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट क्रियाशील पत्रकार वर्ष अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्डमा पत्रकार महासंघ मकवानपुरका अग्रज पत्रकारलाई सम्मान गरिनुका साथै अवार्ड प्रदान गरिनेछ । मकवानपुरमा पत्रकारितामा क्रियाशील पत्रकारहरुलाई उत्प्रेरणा र हौसला जगाउन अवार्डको आयोजना गरिएको कार्यक्रम संयोजक श्रीराम अर्जुनले बताए ।

अवार्ड प्राप्त गर्ने पत्रकारले अवार्ड, प्रमाणपत्र सहित नगद पनि प्राप्त गर्ने संयोजक श्रीराम अर्जुनले बताए । अवार्ड कार्यक्रममा कृष्ण काफ्ले, बाल गायक जेनिश उप्रेती, वड्र्स ब्याण्ड, अन्जन दाहाल, कविराज हुमागाई लगायतको सांगीतिक प्रस्तुती समेत रहेको छ ।

एकेडमीले २०७५ सालबाट पत्रकारहरुको हौसला, उर्जाशील बनाउने उद्देश्यले मकवानपुरबाट पहिलो पटक जर्नालिजम अवार्ड कार्यक्रम सुरुवात गरेको थियो । पहिलो अवार्ड कार्यक्रम २०७५मा युएईमा गरिएको थियो भने दोस्रो हेटौंडामा नै भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*