स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा ढकाल

हेटौंडा खबर
April 24th, 2022

स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन्। सौराहामा आज सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

भरतपुरस्थित श्री मेडिकल एण्ड टेक्निकल कलेजका सञ्चालक ढकाल यसअघि संघको सल्लाहकार थिए।

सो समितिको उपाध्यक्षमाद्वय काठमाडौँस्थित एभरेष्ट नर्सिङ कलेजका सञ्चालक केपी सिंह, विराटनगरस्थित हाम्रो स्कुल अफ नर्सिङका सञ्चालक डा शङ्करप्रसाद अधिकारी, महासचिवमा काठमाडौँस्थित नर्भिक इष्टिच्युट अफ नर्सिङ एजुकेशनका सञ्चालक केएन शर्मा, सचिवमा काठमाडौँकै सान इष्टिच्युट अफ नेपालका सञ्चालक प्रवल श्रेष्ठ, कोषाध्यक्षमा काठमाडौँकै इनोभेटिभ कलेज अफ हेल्थ साइन्सका सञ्चालक शरला केसी चयन चएका छन्।

समितिको सदस्यमा काठमाडौँस्थित ओम हेल्थ क्याम्पसका सञ्चालक किरण दुवाडी, बुटवलस्थित मायादेवी टेक्निकल कलेजका सञ्चालक चीरन्जीवी जोशी चयन भएको निर्वाचत अधिकृत डा नेत्रराज चटौताले जानकारी दिए। दुई सदस्य पछि मनोनित गरिनेछ।

उक्त संघ पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वास्थ्यसम्बन्धी स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने निजी कलेजका सञ्चालकको छाता संगठन हो। चिकित्सा शिक्षा आयोगले अवलम्बन गरेको एकीकृत प्रवेश परीक्षा प्रणालीले निजी कलेज बन्द हुने अवस्थामा पुगेको कलेजका सञ्चालकको गुनासो छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*