मकवानपुर गठबन्धनमा कुरै मिलेन, सबैले १०२ वटै वडामा एक्लै चुनाव लड्ने !
मकवानपुरमाको वडा तहमा भागबण्डा नमिलेपछि गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । उम्मेदवार मनोनयन दर्ताको समय भोलि एकदिन बाकी रहदा आज अबेर सम्म वडाको भागबण्डा नमिलेपछि गठबन्धनका दलका नेता आ आफ्नै बाटो लागेका छन् ।
मकवानपुरका १० स्थानीय पालिकाको अध्यक्ष , उपाध्यक्षमामा भागबण्डा मिलेपनि वडातहमा कुरा नमिले पछी गठबन्धनमा पुनः समस्या देखिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार मकवानपुरको वडा भागबण्डामा कुरो नमिलेपछि १०२ वटै वडामा सबै दलहरु मित्रवत प्रतिष्पर्धामा जाने भएका छन् । नेपाली कांग्रेस र माओबादी केन्द्र विच कुरा नमिल्दा एक-एक्लै चुनाव लड्ने निष्कर्षमा गठबन्धनका दलहरु पुगेको स्रोतको दावी छ ।


