हेटौंडा २ मा काङ्ग्रेसबाट बागी उम्मेदवार
हेटौंडा खबर
April 25th, 2022
आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता सुदिप राजबाहकले हेटौँडा उपमहानगरपालिकामा वडाध्यक्षमा बागी उम्मेदवारी दिएका छन्।
२०७४ को निर्वाचनमा कांग्रेसबाट वडा नम्बर २ मा उनीमात्र वडा सदस्यमा निर्वाचित भएका थिए। कांग्रेसले हेटौँडा वडा नम्बर २ को वडाध्यक्षको उम्मेदवार रबिन्द्रराज घिमिरेलाई बनाउने भएपछि असन्तुष्ट रहेका राजबाहकले बागी उम्मेदवारी दर्ता गराएका हुन्।


