सेनाको स्कर्टिङमा हुँदै छ मतपत्र ढुवानी

हेटौंडा खबर
April 26th, 2022

स्थानीय तह निर्वाचनका लागि मतपत्र ढुवानी थालिएको छ । आजदेखि मतपत्र ढुवानी सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

कडा सुरक्षा घेरामा मतपत्र ढुवानी हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार नेपाली सेनाले सुरक्षा दिनेछ ।

“मतपत्र छपाइ पनि नेपाली सेनाको अत्यन्त्र कडा सुरक्षा घेराबीच गरिएको थियो । ढुवानीमा सेनाको स्कर्टिङ हुन्छ । कडा सुरक्षा दिएर मतपत्रलाई जिल्लामा पुर्‍याएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित ढंगले लाहाछाप, सिल लगाएर राखिन्छ,” प्रवक्ता पौडेलले भने ।

उनका अनुसार मतपत्र मोटरबाटो पुगेको ठाउँमा ट्रकबाट र मोटर बाटो नभएका ठाउँमा हेलिकोप्टरबाट ढुवानी हुनेछ । “जहाँ मोटर बाटो छैन, त्यहाँ हेलिकोप्टरबाट लगिन्छ । जस्तो : डोल्पा र हुम्लामा हेलिकोप्टरबाट लगिन्छ । मितव्ययी निर्वाचन भएकाले त्यहाँ पनि सुर्खेतबाट मात्रै हेलिकोप्टरमार्फ लगिन्छ,” प्रवक्ता शर्माले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*