गठबन्धन जोगाउन प्रधानमन्त्रीले गृहमन्त्रीलाई चितवन पठाए

हेटौंडा खबर
April 27th, 2022

सत्ता गठबन्धन जोगाउन गृहमन्त्री बालकृष्ण खाँणलाई प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन पठाएका छन् ।

गृहनगर रुपन्देहीको बुटवल जान लागेका गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले चितवन जान भनेपछि उनी चितवतर्फ जान लागेका हुन् ।

अहिले केही बेरमा उनी चितवन जान लागेको उनको सचिवालयले जनाएको छ ।

गृहमन्त्री खाँणले पनि तरुण दलको कार्यक्रममा गठबन्धनलाई सहयोग पुग्नेगरी आफू चितवन जान लागेको बताएका थिए ।

“म भैरहवा जाने कार्यक्रम थियो । सभापतिज्यूले तिमी चितवन जाउ र पार्टीका साथीहरुसँग छलफल गरेर गठबन्धनलाई अघि बढाउने काम गर्नू भन्ने निर्देशन आयो,” खाँणले भने, “म कार्यक्रम सकेपछि त्यतै लाग्नेछु ।”

भरतपुर महानगरको प्रमुखमा उमेदवारी दिएका कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले भने आफूले गठबन्धनका प्रमु्ख नेतासहित आफ्नो पार्टीका सभापति र वरिष्ठ नेतासँग कुरा गरिसकेको भन्दै उमेदवारी फिर्ता नलिने बताएका छन् ।

“मेरो प्रधानमन्त्री, वरिष्ठ नेता, माओवादी अध्यक्ष प्रचण्डजी सबैसँग कुरा भयो । मैले मेरो बटमलाइनका विषय राखेको छु र उमेदवारी फिर्ता लिन्न भन्ने स्पष्ट पारिसकेको छु,” पौडेलले बाह्रखरीसँग भने, “उहाँहरुले उमेदवारी फिर्ता लिएर गठबन्धन जोगाउन सहयोग गर्नुस् भन्नुभएको छ ।”

उनले बुधबार बिहान पनि गृहमन्त्रीका विशेष दूत बनेर एकजनाले कुरा गरेर उमेदवारी फिर्ता लिने सर्तमा धेरै आश्वासन दिएर गएको जानकारी दिए ।

“म उहाँको नाम खुलाउँदिन तर गृहमन्त्रीको विशेष दूत बनेर आएर कुरा गर्नुभएको थियो, उहाँले धेरै आश्वासन दिएर जानुभएको छ । मैले पत्याएको छैन,” उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*