एमालेसँग गरिएका तालमेल खारेज गर्ने सत्तागठबन्धनको निर्णय!

हेटौंडा खबर
April 29th, 2022

सत्तागठबन्धनको आज बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनबाहेक अन्य दलसँग गरिएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिने सहमति गरेका छन्।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै सत्तागठबन्धनबाहेक गरिएका चुनावी तालमेल खारेज गर्ने सहमति गरेका हुन्।

‘पाँचदलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने,’ सहमतिको तीन नम्बर बुँदामा उल्लेख छ।

यस्तै गठबन्धन बाहिर रहेका दलसँग गरिएका तालमेल खारेज नगरेमा सम्बन्धित दलले तत्काल कारबाही गर्ने सहमति पनि सत्तागठबन्धनको बैठकमा निर्णय भएका छन्।केही जिल्लाहरूमा एमाले, राप्रपालगायत गठबन्धन बाहिरका दलसँग पनि चुनावी तालमेल भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*