नेपालमा ‘आरआरआर’ को लगानी उठेको छैन- वितरक मनोज राठी

हेटौंडा खबर
April 1st, 2022

गत साता शुक्रबारबाट प्रदर्शनमा आएको साउथ फिल्म ‘आरआरआर’ले विश्वभर राम्रो व्यापार गरिरहेको छ। नेपालमा पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। तर वितरक मनोज राठीका अनुसार फिल्मको लगानी भने उठेको छैन।

राठीले फिल्मको लगानी गोप्य राख्दै भने, ‘फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। अहिले पनि दर्शकको उपस्थिति उत्साहजनक नै छ। फिल्मको लगानी भने उठेको छैन। अब छिट्टै लगानी उठ्छ।’

आज शुक्रबारबाट नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आउँदा पनि हलमा ‘आरआरआर’ कै दबदबा छ। फिल्मले मल्टिप्लेक्सको चेन क्युएफएक्समा मात्रै ३१ शोज् पाएको छ। जहाँ ‘हेल्लो जिन्दगी’ले दुई शो पाएको छ।

‘बाहुबली’ निर्देशक एसएस राजामौलीले निर्देशन गरेको फिल्ममा आलियासँगै जुनियर एनटिआर, रामचरण, अजय देवगनलगायतको अभिनय छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*