विश्वकप फुटबलको ड्र आज राति

हेटौंडा खबर
April 1st, 2022

यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल २०२२ को ड्र आज राति हुँदैछ। विश्वकप आयोजक कतारको दोहामा हुने ड्र राति नेपाली समयअनुसार पौने दश बजे सुरु हुनेछ।

यो वर्षको विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखसम्म कतारको विभिन्न ५ शहरमा रहेका आठ स्टेडियममा आयोजना हुँदैछ।विश्वकपमा कुल ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। जसमध्ये २९ टिमको टुंगो लागिसकेको छ। बाँकी ३ टिमको टुंगो भने जुनमा हुने प्ले–अफ म्याच पछि लाग्नेछ।यो पटक पनि विश्वकपमा ३२ टिमलाई चार–चार राष्ट्रको आठ समुहमा बाढिनेछ भने प्रत्येक समुहका विजेता र उप विजेता टिमले प्रि– क्वाटरफाइनलमा प्रवेश पाउनेछन्।

यो ड्रका लागि टिमलाई फिफा वरियताका आधारमा चारवटा पटमा बाढिएको छ। जसअनुसार पट वानमा आयोजक कतारसँगै छनोट भएका फिफा वरियतामा माथिल्लो स्थामा रहेका सात टिम छन्।

अरब राष्ट्रमा हुन लागेको यो पहिलो विश्वकपको हो भने एसियामा हुन लागेको दोस्रोपटक हो। कतारमा हुने गर्मीका कारण विश्वकपलाई पहिलो पटक जुन, जुलाई महिनाको साटो नोभेम्बर, डिसेम्बरमा सारिएको छ।

यसपटक युरोपियन च्याम्पियन इटली र अफ्रिकन कपको उपविजेता इजिप्टसँगै रसिया, स्विडेन, नाइजेरिया, चिली, कोलम्बियाजस्ता राष्ट्र विश्वकपका लागि छनोट हुन सकेनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*