‘ए मेरो हजुर ४’को गीत ‘तिमी र म’ सार्वजनिक

हेटौंडा खबर
April 3rd, 2022

अनमोल केसी र सुहाना थापाको अभिनय रहेको फिल्म ‘ए मेरो हजुर ४’को गीत ‘तिमी र म’ सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत फिल्मको गीत शनिबार सार्वजनिक भएको हो।

गीतको भिडियोमा काठमाडौंका विभिन्न ठाउँमा अनमोल र सुहानाको अभिनय देख्न सकिन्छ। गीतमा उनीहरु प्रेमिल भावमा प्रस्तुत भएका छन्।

गीतको संगीत तथा शब्द प्याट्रिक पौडेलको रहेको छ । गीतमा आवाज उदयराज पौडेलेले दिएका छन्। गीतको ‘ब्याक भोकल’ प्रश्ना शाक्यको रहेको छ। गीतलाई गायक पौडेलले नै एरेन्ज गरेका हुन्। भिडियोको कोरियोग्राफी भने रामजी लामिछानेको रहेको छ।

झरना थापाको निर्देशनमा बनेको ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदै छ। उक्त फिल्ममा अनमोल र सुहानाबाहेक सरोज खनाल रवि गिरी, सलोन बस्नेत, रक्षा गौतम, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ।

फिल्म्को कथा निर्देशक थापा र छेतन गुरुङको रहेको छ भने पटकथा तथा संवादमा थापा र गुरुङसँगै मन्दीप गौतम, बाबुराम दाहाल, प्याट्रिक पौडल, उपकार पाण्डे र माधव शर्माले संयुक्त रुपमा काम गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*